फिल्म ‘जय शम्भु’को धमाधम छायांकन भैरहेको छ । फिल्मको घोषणा केहि दिन अगाडि मात्र गरिएको थियो । फिल्मको घोषणासँगै छायांकन प्रारम्भ गरिएको हो । फिल्मको छायांकन बालाजुमा रहेको एनएफडीसीमा भैरहेको छ । १० दिनको सेड्यूल राखेर फिल्मको छायांकन गरिएको हो ।
फिल्मको सुरुवातमा मुख्य कलाकार प्रशान्त ताम्राकार, अनुप विक्रम शाही र बर्षा सिवाकोटीको परिचयात्मक दृश्य खिचिएको निर्माण टोलीले बताएको छ । एक साथ ४ वटा क्यामेराले फिल्म खिचिएको छ । पुरै फिल्ममा नै ४ वटा क्यामेरा प्रयोग हुने बताइएको छ । श्री श्रेष्ठको द्धन्द्ध निर्देशनमा फिल्मको द्धन्द्धका दृश्य खिचिएको छ ।
फिल्मको क्लाइमेक्समै ३० लाख खर्च गर्ने दाबी निर्माताको छ । फिल्मको निर्देशन रुपेश तामाङले गरिरहेका छन् । फिल्मको द्धन्द्ध बलिउड स्टाइलमै पहिलो पटक खिचिने दाबी निर्माण टिमको छ । फिल्मका मुख्य कलाकारको एक्सन दृश्य छायांकन गरिएको छ । फिल्मको ८० प्रतिशत दृश्य अन्नपूर्ण बेस क्याम्पमा खिचिनेछ ।
फिल्ममा दिनेश शाही प्रस्तुतकर्ताको रुपमा छन् भने अरविन्द्र शाक्य निर्माता र राजकुमार नगरकोटी र चक्र पाख्रिन कार्यकारी निर्माताको रुपमा छन् । फिल्ममा हरि लामाको छायांकन छ । श्रावण १ गतेबाट फिल्म रिलिज गरिने निर्माताले जानकारी दिएका छन् ।