काठमाण्डौका हलहरुमा यो बर्षको सुरुवातसँगै बक्स अफिस प्रणाली इ–टिकेटिङ सिस्टम लागू हुन थालेको छ । चलचित्र विकास बोर्ड अध्यक्ष निकिता पौडेलद्धारा बैशाखको पहिलो साता देखि बक्स अफिस लागु गर्ने पूर्वघोषित कार्यक्रम अनुरुप बैशाख १० गतेदेखि औपचारिक रुपमा शुरु गरिने भएको छ । जस अनुरुप चावहिल स्थीत गोपीकृष्ण मुभिजमा यसको पहिलो परिक्षण सम्पन्न भएको छ । गोपीकृष्णसँगै कोटेश्वर जडिबुटी अवस्थीत पुष्पाञ्जली, बौद्ध स्थीत सिदार्थ र पृथ्वीसँगै कलंकी सिनेमा हलमा बैशाख १० गते देखि नै बक्स अफिस प्रणाली शुरु हुनेछ । जसका लागि ब्रेन डिजिटले सर्भर जडानको काम अहिले भैरहेको छ ।
केही दिनमै गोपीकृष्ण मुभिजमा सिनेमा हेर्न आउने दर्शकले इ टिकेटिङ सिष्टमबाट टिकट काट्ने चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले बताइन् । हल संचालक तथा निर्माताहरुकै सल्लाहमा नयाँ आर्थिक बर्ष २०७५÷०७६ अर्थात श्रावण देखि पूर्णरुपमा देशभर नै बक्स अफिस प्रणाण्ी अनिवार्य लागु हुनेछ । जसका लागि उपत्यका बाहिरका सिनेमा हलहरुमा अहिले सर्भर जडानको काम जारी छ ।
केही हल संचालकहरुले बक्स अफिस प्रणाली व्यवहारिकता नभएको भन्दै अदालत सम्म जाने कुराहरु आइरहेका छन् । तर, अध्यक्ष पौडेल भन्छिन् त्यो उहाँहरुले नबुझ्नु भएको कुरा हो जस्तो लाग्छ । राज्यलाई तिर्नु पर्ने करमा हल संचालक, निर्माता, निर्देशक तथा कलाकार सबै पारदर्शी हुनु पर्नेछ । तसर्थ कुनै पनि हालतमा श्रावण देखि बक्स अफिस प्रणाली लागु हुनेछ । तर, त्यस्ता भ्रममा नपर्न अध्यक्ष पौडेलले सुझाइन् ।