फिल्म ‘नेप्टे’का निर्माता रोहित रुम्बाले आफूले हल नपाएको भन्दै गुनासो गरेका छन् । उनले, वितरकले सुरुमा धेरै हल दिने भनेको तर पछि आफ्नो फिल्मलाई कम हल दिएको भन्दै गुनासो गरे । नयाँ बर्षमा फिल्मले राम्रो कमाई गरेको बताउँदै उनले अब आउँदो शुक्रबार र शनिबार हल दिन आग्रह गरे ।
उनले, आफ्नो फिल्मलाई कम हल दिनका लागि अर्को फिल्म ‘लिलिबिली’का वितरकले १५ लाख रुपैयाँ खर्च गरेको समेत आरोप लगाए । यदि, यो कुरा सत्य भएको खण्डमा आफूले मुद्दा हाल्ने समेत उनको आक्रोश थियो ।
रोहितले फिल्म दर्शकले मन पराएको तर कम शो पाएका कारण आफूलाई लगानी उठाउन समस्या भएको स्पष्ट पारे ।
फिल्मका अभिनेता दयाहाङ राइले यस्तो खालको कुरालाई आफूले टाढाबाट हेर्ने गरेको तर फिल्म क्षेत्रमा यो समस्या सधै हुने गरेको बताए । उनले, आफूले सधै नै राम्रो कथामा फिल्म नखेलेको पनि स्विकार गरे ।