मुम्बई(एजेन्सी) । बलिउड फिल्म अभिनेता अक्षय कुमारले फिल्म ‘रुस्तम’मा उनले लगाएको नेवीको लुगा लिलामी हुने भएको छ । यो लिलामी रकमबाट जनावरको संरक्षणमा खर्च गरिनेछ ।
यो फिल्ममा अक्षयले नेवीको अफिसरको भूमिका निर्वाह गरेका थिए । जुन फिल्ममा आफ्नी श्रीमतिको कथित प्रेमिको हत्या हुन्छ र पछि उक्त हत्याको बारे कथा खुल्छ । फिल्ममा अक्षयले नौसेनाको सेतो वर्दी लगाएका छन् । यही लुगालाई फिल्म युनिटले लिलामीमा राख्न लागेको हो ।
अक्षयकुमारले यसै फिल्मबाट राष्ट्रिय पुरस्कारको अवार्ड पाएका थिए । फिल्ममा इलियाना डिक्रुजको भूमिका पनि अहम थियो ।