बलिउड एक्ट्रेस सोनम कपूर यतिबेला आफ्नो रिलेशनशिपलाई लिएर चर्चामा छिन् । सोनम कपूर र आनन्द आहूजा एक–अर्कासँग विगत तीन वर्षदेखि लवमा छन् । आफ्नो एकदमै मिल्ने साथी आनंद आहूजा संग सोनमले यही मे ८ अर्थात आउदो सोमबार विवाह गर्ने खबर आएका छ। लामो समयसम्म प्रेमसम्बन्धमा रहेकी सोनमले आफ्नो प्रेमी आनन्द आहुजासँग विवाह गर्न लागेको भारतीय मिडियाले बताएको छ । आहुजा दिल्लीका चर्चित व्यापारी हुन् ।
पछिल्लो केही दिनदेखि लण्डनमा छुट्टी मनाइरहेका यी जोडीले आधिकारिकरुपमा आफ्नो सम्बन्धलाई लुकाउदै आएका थिए ।
सोनम कपूरलाई उनको विवाह या उनको सम्बन्धको बारेमा सोध्दा कुनै खुलासा नगरिएको भारतीय मिडियाहरुले जनाएका छन् । खबर अनुसार सोनमको विवाहमा ठूलो स्तरमा हवाई जहाजको टिकट बुकिङ शरु भइरहेको छ । सोनम कपूरका बुवा अनिल कपूर विवाहको तयारीमा जुटिसकेका छन् ।
उनीहरुको वैवाहिक समारोहका लागि अलग अलग तीन स्थान छनौट गरिएको छ । त्यहाँ कपुर परिवारसँगै बलिउड र क्रिकेटका हस्तीहरु सहभागी हुनेछन् ।उक्त वैवाहिक समारोहमा दुई बलिउड जोडीमाथि सबैको आँखा पर्नेवाला छ । ति जोडी हुन् अनुष्का शर्मा र विराट कोहलीको । हालै विवाह बन्धनमा बाँधिएका उनीहरु सोनमको विहे भोजमा पुग्नेछन् । त्यस्तै दीपिका पादुकोण र रणवीर कपुरको जोडी पनि त्यहाँ पुग्नेछन् । उनीहरुले विहे त गरेका छैनन् । तर, बलिउडका उनीहरुको लभ रोमान्सले ठूलै ठाउँ पाइसकेको छ । विवाहलाई प्राइवेट बनाउन कपूर परिवारले ३ सय पाहुनाहरु शामिल गर्ने बताएका छन् । रिपोर्टका अनुसार दुवै परिवारले पाहुनाको सुची पनि तयार गर्न सुरु गरिसकेको छ ।