काठमाडौं । फिल्म क्षेत्रमा कलाकारका सन्तानले अभिनय गरेर अभिभावकको बिँडो थाम्नु अब कुनै नयाँ कुरा रहेन । किनकी पछिल्लो समयमा धेरै कलाकारका सन्तानले फिल्मलाई नै करियर बनाएर संघर्ष गरिरहेका छन् । यो संघर्ष र करियरको सूचीमा अब नायिका, निर्मात्री तथा निर्देशक झरना थापाकी छोरी सुहानी थापा पनि परेकी छन् ।
झरनाको डेब्यु निर्देशन रहेको फिल्म ‘ए मेरो हजुर २’मा नायिकाको रुपमा सुहानीले डेब्यु गर्ने चर्चा चले पनि यो फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह प्रमुख भूमिकामा देखिइन् । यो समयमा अमेरिकामा बसेर अध्ययनरत सुहानी अब फिल्मको तेस्रो सिक्वेल ‘ए मेरो हजुर ३’मा अभिनय गर्ने तयारीमा जुटेको बताइएको छ ।
फिल्ममा सुहानीको अपोजिटमा नायक प्रदिप खड्का हुने चर्चा चले पनि यो विषय आधिकारिक भइसकेको छैन । तर झरनाले अहिले नै छोरीलाई फिल्ममा नल्याउने बताएकी छन् । झरनाको ध्यान छोरीको पढाई सकिएपछि मात्र फिल्ममा ल्याउने रहेको छ । झरनाको कुरा सुन्दा सुहानी फिल्ममा आउने पक्कापक्की जस्तै छ । तर कहिले आउने भन्ने टुंगो लागिसकेको छैन ।