काठमाडौं । फिल्म ’हैरान’ मा समावेश लभ सङ्ग रिलिज भएको छ । यस अघि टाइटल गीत , टिजर र ट्रेलर सार्वजनिक गरेको युनिटले रोमान्टिक गीत सार्वजनिक गरेको हो । गीतमा फिल्मका मुख्यकलाकारहरु गजित विष्ट , निश्मा घिमिरे , मोहमद वशिम राजा र आरोही शर्मा फिचर्ड छन् । गीतलाई रमणीय दृश्यमा छायाँकन गरिएको छ ।गीतमा स्वरूप राज आचार्य र दुर्गा परियारको स्वर रहेको छ भने यसमा शान्तिप्रियको शब्द र सन्तोष श्रेष्ठको संगीत रहेको छ । गीतलाई गम्भिर विष्टले निर्देशन गरेका छन् ।
विश्कै कान्छा निर्देशक सौगात विष्टको निर्देशनमा तयार भईरहेको फिल्मलाई कमेडी र एक्सन जनरमा तयार पारिएको छ । डेब्यु फिल्म ‘लभ यु बाबा’ मार्फत नै सौगात विश्वका कान्छा निर्देशक घोषित भएका थिए । यिनै सौगात दोस्रो फिल्म लिएर आएका छन् । अघिल्लो फिल्ममा बाबु छोरी बीचको प्रेमलाई देखाइएको थियो भने यसपटक सामाजिक विषयवस्तुलाई समेटिएको निर्माण पक्षले जनाएको छ ।
फिल्ममा सत्यराज आचार्य , गजित विष्ट , मोहमद वसिम राजा , सागर लम्साल, निश्मा घिमिरे , सरोज खनाल , बुद्धि तामाङ , पुष्कर रेग्मी , शिशिर भण्डारी, एन्जल राई , आरोही शर्मा लगायतको अभिनय रहेको छ । डान्स फेभरको ब्यानरमा निर्मित फिल्ममा मुक्ति घले , सृष्टि घिमिरे , डाक्टर वाई एल लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन ।
फिल्ममा कथा तथा कोरियोग्राफीमा गम्भीर बिस्ट , द्वन्दमा चन्द्र पन्त , संगीतमा सत्यराज आचार्य, स्वरूपराज आचार्य ,किरण कडेल , राजन इशान र सन्तोष श्रेष्ठ रहेका छन् । फिल्मको डीओपी नवराज उप्रेती र छायाँकार निरज कडेल रहेका छन् भने मित श्रेष्ठको मिक्सिङ र ब्याक ग्राउण्ड स्कोर , अनन्त घिमिरेको कलर र भीएफएक्स , प्रितम पाण्डेको सम्पादन रहेको छ । फिल्म जेठ ४ मा रिलिज हुनेछ ।