‘वारि जमुना पारि जमुना’, ‘आलुतामाले’ लगायत चर्चित गीतका चर्चित गायक खेमराज गुरुङको ४२ वर्षको उमेरमा निधन भएको छ । कलेजोमा समस्या भएपछि चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचार गराइरहेका उनको बिहीबार दिउँसो मृत्यु भएको हो । गुरूङको बिहीबार साँझ ५ः५० बजेतिर उनको निधन भएको अस्पतालले जनाएको छ । उनको अवस्था गम्भिर भएपछि एयर एम्बुलेन्सबाट दिल्ली लैजाने तयारी गरेपनि लैजान नसकिने अवस्था भएकाले रोकिएको थियो । सखुवासभामा जन्मेका गुरुङ गीत संगीतमा लामो समयदेखि सक्रिय थिए ।