चलचित्र ‘रोमियो एण्ड मुना’को स्याड भर्सन गीत रिलिज भएको छ । गीतमा विनय श्रेष्ठ ‘रोमियो’ र सृष्टि श्रेष्ठ ‘मुना’ फिचर छन् । सेन्टिमेन्टल फ्लेभरको गीतमा उनिहरु एकअर्काबाट छुट्टिँदै घर फर्केको देखाइएको छ ।
गीतमा धरानबाट रोमियो काठमाडौँतर्फ आउदै गरेको र मुना आफ्नो गाउँ फिरेकी देखाइएको छ । ‘साँझ पर्यो’ बोलको गीत मार्मिक लाग्छ । कालीप्रसाद बाँस्कोटाको शब्द अनी संगीत रहेको गीतमा कालीलाई एकतारेले सहयोग गरेका छन् भने गौरव डगाओंकरको स्वर छ ।
नरेशकुमार केसी निर्देशित चलचित्र ‘रोमियो एण्ड मुना’मा विनय र सृष्टि नै शिर्ष भूमिकामा प्रस्तुत छन् । यी सँगै चलचित्रमा सुस्मा कार्की, सुरक्षा पन्त, प्रज्ववल सुजल गिरीको समेत अभिनय रहेको छ ।
चलचित्र निर्माणमा प्रशन्न गोपाली, राजी श्रेष्ठ, राम शर्मा र कविन शाक्यले सहकार्य गरेका छन् । साउन ११ गतेबाट यो चलचित्र दर्शकमाझ आउनेछ ।