नेपाल कपडा तथा सिलाई व्यवसायी संघको आयोजनामा पहिलो पटक काठमाडौंमा फेशन शो हुनेभएको छ । संघसँग सम्बन्धित सिलाई व्यवसायीहरुको आफ्नै डिजाइन तथा क्लचरलाई झल्काउने उद्देश्यका साथ राजधानीमा ‘एनसिएमटीए फेशन शो २०१८’ हुने भएको हो ।
संघको आयोजना तथा राग रागिनी इन्टरटेन्मेन्टको सहकार्यमा हुन लागेको उक्त फेशन शोको इभेन्ट म्यानेज्मेन्टको काम रशलाइट मिडियाले गर्दैछ । रशलाइटको तर्फबाट रमिता भण्डारीले कोरियोग्राफी गर्ने कार्यक्रममा १६ जना मोडलहरुले बिरालोको चालमा र्याम्प नाप्नेछन् ।
पछिल्लो महिना क्यानडामा पहिलो पटक नेपाली क्ल्चर झल्काउँदै नेपाली ड्रेसमा फेशन शो सकाएर स्वदेश फर्केकी रमिताले यहि असार ३० गते हुन लागेको ‘एनसिएमटा फेशन शो’मा मुख्यतः नेपाली भेषभुषाहरुलाई नै प्राथमिकता दिइने रमिताले बताइन् ।
नाम चलेका मोडलहरु र्याम्पमा उत्रिँदा पाँच सिक्वेन्समा नेपाली कल्चर, विवाह, अफिसियल वेयर, पार्टिज वेयर र नेपाली ढाकामा सजिने रशलाइटको तर्फबाट कार्यक्रम व्यवस्थापक सनिल महर्जनले बताए ।
इन्द्रेणी फुडल्याण्ड बानेश्वरमा हुने कार्यक्रममा र्याम्प प्रस्तुतीसँगै चर्चित ठमेल बजार गायिका मिना निरौलासँगै गायक कपिल कस्पाल श्रेष्ठको गायन प्रस्तुती रहनेछ भने बज्र डान्स मण्डलाले परम्परागत चारिया नृत्य र सरास्वति एण्ड ग्रुपको तर्फबाट वेस्टर्न नृत्य प्रस्तुत रहनेछ ।
आयोजक संस्थाका अध्यक्ष रामकृष्ण श्रेष्ठले कार्यक्रमलाई भव्य र सभ्य बनाउन कुने कसुर बाँकी नराख्ने भन्दै इभेन्टले नेपाली भेषभुषा प्रवर्धनको लागी कोशेढुङ्गा साबित हुने विश्वास पोखे । देशभर छरिएर रहेका कपडा तथा सिलाइ व्यवसायीहरुको तर्फबाट प्रायः कार्यक्रममा ड्रेसहरु तयार हुँदै आएकोमा आफ्नै तर्फबाट पहिलो पटक हुन लागेको कार्यक्रम थप स्तरिय र प्रभावकारी बनाउन यतिबेला दिलोज्यान दिएर लागिरहेको कार्यक्रम संयोजक सदिश श्रेष्ठले बताए ।
 
                                                                                               








 
			   
			   
			   
			   
			  