काठमाडौँ । नेपाली चलचित्रका रोमान्टिक नायक आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित चलचित्र‘कायरा’ को अफिसियल ट्रेलरलाई नेपाली चलचित्रका पारखीहरुले रुचाएका छन विशेषगरी उक्त ट्रेलरलाई युवापुस्ताले मनपराएका छन ।
आगामी साउन १८ गते रिलिज गरिने यस चलचित्रको ट्रेलरमा आर्यन र साम्राज्ञी बीचको प्रेम, रोमान्स र विछोड देखाइएको छ । अभिनेता आर्यन स्वयमले निर्माण गरेको यस चलचित्रमा पहिलो पटक आर्यन र साम्राज्ञीको जोडी स्क्रिनमा देखिन लागेका कारण यो फिल्मप्रति दर्शकको चासो बढी रहेको छ ।
अभिनेता सिग्देलले चलचित्र ‘कायरा’ म्यूजिकल लभस्टोरीमा निर्माण भएको बताएका छ्न । अभिनेत्री साम्राज्ञी कथावस्तुका कारण आफू फिल्म गर्न राजी भएको बताउँछिन् । कायराका निर्देशक लक्ष्मण रिजाल हुन् । निर्देशक रिजाल आफूले उत्कृष्ट लभस्टोरी फिल्म बनाउन कुनै कसर बाँकी नराखेको र फिल्मले दर्शकलाई निराश नबनाउने ठोकुवा गर्छन् ।
उक्त फिल्ममा शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठलगायतका कलाकारहरुको पनि अभिनय छ । कोशिश क्षेत्री, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको कायरा का गीतमा प्रविण सिंहले कोरियोग्राफी गरेका छन् ।