काठमाण्डौ । नेपाल चलचित्रको रंगिन दुनियाँमा नृत्यनिर्देशकका रूपमा ख्याति कमाएका दिनेश पाख्रिनले उनकै निर्देशनमा चलचित्र टिनएज प्रदर्शनमा ल्याउने भएका छ्न । यहि श्रावण २५ गते चलचित्र टिनएज देश भरका सिनेमा घरहरुमा एक साथ प्रर्दशनमा आउने भएको छ। । यस अघि पनि उनले पुराना र स्थापित कलाकारहरुलाई लिएर केहि चलचित्र निर्माण गरेका थिए । तर यस पटक भने कथाको डिमान्ड संगै उनले नयाँ अनुहारलाई मैका दिदै चलचित्र टिनएज निर्माण संगै निर्देशन गरेका छन ।
बर्सेनि सयौंको हाराहारीमा नेपाली चलचित्र निर्माण हुदै आईरहेको नेपाली चलचित्र उद्योगमा चलचित्र निर्माण र प्रदर्शन गर्नु चुनौतीपूर्ण मानिन्छ । चलचित्र निर्माणको अनुभव संगालेका पाख्रिनले
यस पटक बिगतमा भन्दा फिल्म चलाउन धेरै कष्ट झेल्नु परेको बताएका छन। चलचित्रको कथाले टिनएज देखिने कलाकार माग्यो त्यसैले चलचित्रमा नयाँ अनुहार राखियो । नयाँ कलाकार भए पनि आ आफ्नो क्षेत्रमा अनुभवी भएका कारण अभिनयमा परिपक्व देखिन्छ टिनएजमा मेरा कलाकारहरु तथापि केही प्राविधिक झमेलाका कारण रिलिज को समयमा सम्बन्धित निकायबाट उचित सहयोग नपाएको निर्देशक पाख्रिनको गुनासो छ ।
गत असोजमा रिलिज गर्ने भनेर प्रचार प्रसारमा लाखौ खर्च गरिसके पछि बितरणको जिम्मा पाएको टिमले लापरबाहि गरे पछि निर्देशक पाख्रिनले आफू हेपिएको महसुस गरे र केही समयका लागी रिलिज स्थगित गरे । हाल चलचित्र बितरणको जिम्मा सरोज शर्मा र निर्देशक पाख्रिन आफैले लिएका छन । निर्माण र निर्देशन गर्न सक्ने आट हुनेले वितरण पनि गर्न सक्छ भन्ने उधारण पस्किदै छु फिल्म रिलिज पछि धेरैको घमण्ड उत्रिने निर्देशक पाख्रिनले दाबि गरेका छन् ।
चलचित्रको बारेमा बताउदै पाख्रिनले चलचित्र हेरी सके पछि कुनै नयाँ कलाकारले काम गरे जस्तो नलाग्ने र आफूले उत्कृष्ट फिल्म बनाएको बताएका छन् । यसै साता जापानको बिभिन्न शहरमा चलचित्र टिनएज प्रर्दशन हुदैछ । चलचित्रमा प्रतिक्षा खड्का , नरेश बिर सिं , सरोज शाह , एन्जिला खड्गी , रेशम फिरीरी, कृष्ण कृष्ण सिवाकोटि , सरिता राजोपाध्याय लगायतका कलाकारको अभिनय रहेको छ ।