लामो समयदेखी विवादमा रहेको नेपाल चलचित्र निर्माता संघको १४ औं साधारण सभा एवं कार्यसमितिको चुनाव मिति मंसीर ४ गतेलाई तय गरिएको छ । संघका महासचिव केशव भट्टराईद्धारा जारी विज्ञप्तीमा साभारण सभा तथा कार्यसमिति निर्वाचनको मिति तोकिएको छ । उपाध्यक्ष उदय सुब्बा सहितका केही पदाधिकारीहरुले संघ अबैधानिक हुँदा पनि नेतृत्वले कदम चाल्न नसकेको, रकम हिनामिनाको आरोप लाग्दा, असन्तुष्ट निर्माताले संघ फुटाउन खोज्दा पनि नेतृत्वकर्ता मौन बसेको भन्दै केही महिना अगाडी मात्र राजिनामा दिएका थिए । संघका पदाधिकारीहरुले राजिनामा दिएपछि चलचित्र निर्माता संघको विवाद थप चुलिएको थियो । राजिनामा दिनेमा उदय सुब्बाका अलवा गोविन्द शाही, डिक खड्का, नवल खड्का लगाएत रहेका छन् । हालसम्म चलचित्रको अध्यक्ष पदमा कस-कसको उम्मेदवारी हुने टंगो नलागेपनि खबरका अनुसार निर्माता केशव भट्टराई, निर्माता रोज राणा र अर्का निर्माता आकाश अधिकारी अध्यक्षको दावेदारको रुपमा उभिने लगभग पक्का छ ।