काठमाडौं | हेमराज विसी निर्देशित फिल्म ‘द व्रेक अप’को छायांकन सकिएको छ। सोमबार फिल्मको इन्डक्ल्याप पार्टी गर्दै फिल्म सकिएको जनकारी दिइएको हो। फिल्मको छायांकन सकिएसँगै निर्माण युनिटले आफ्नो रिलिज मिति पनि सार्वजनिक गरेको छ।
भदौ १५ लाई रिलिज मिति तय गरेको फिल्म अब भने पुस २७ मा रिलिज हुने भएको छ। फिल्मको छायांकन र प्रोडक्सनको काममा समय लागेकाले फिल्मको प्रदशर्न मिति सार्नु परेको निर्देशक हेमराजले बताए।
अष्ट्रेलिया र नेपालमा छायांकन गरिएको फिल्ममा आशिरमान देशराज जोशी, शिल्पा मास्के र इच्छा कार्कीको मुख्य भूमिका रहेको छ। फिल्ममा अहिले रुपक थापा, दिपक खतिवडा र रेनु राना निर्माताको रुपमा रहेका छन्।
केही दिन अघि मात्र ‘द व्रेक अप’बाट निर्माता रोहित अधिकारी बाहिरिएका थिए। यस विषयको उत्तर दिँदै निर्देशक हेमराजले आफुहरु सहमती मै छुट्टिएको बताए। उनले आफुहरु विच केही आन्तरिक असमझदारी भएका कारण छुट्टिएको बताए। ‘विवाद के थियो चहिँ नखुलाउँ होला’, उनले भने।