काठमाडौं | बलिउडकी हट नायिका सन्नी लियोनीले नेपाली फिल्ममा अभिनय गर्ने पक्का भएको छ। सन्नीले ‘पासवर्ड’ नामक नेपाली फिल्ममा काम गर्न लागेकी हुन्। प्राप्त जानकारी अनुसार करोड बढि भारतिय रुपैयाँ लिएर सन्निले नेपाली फिल्म ‘पासवर्ड’ गर्न लागेकी हुन्।
सम्राट बस्नेतको निर्देशनमा बन्ने यस फिल्ममा सन्नीसँगै नेपाली कलाकारहरु अनुपविक्रम शाही, छुल्ठिम गुरुङ, वुद्धि तमाङ, रविन्द्र झा, बिक्रम जोशी लगायतको पनि अभिनय रहने छ।
यहीँ अगस्ट २६ बाट छायांकनमा जाने तयारीमा रहेको फिल्मको सम्पूर्ण छायांकन लण्डनमा हुनेछ। सन्नि पनि छायांकनका लागि लण्डन आउँदैछिन् भने यहाँ बाट प्रविधिक सहितको टोली लण्डन पुगिसकेको छ। नायक अनुप भने शुक्रबार मात्रै लण्डन पुग्नेछन्।
बिक्रम जोशीले निर्माण गर्ने फिल्ममा अमित बस्नेत र हिरल जोशीको पनि लगानी रहने बुझिएको छ। फिल्मले २०१९ को सुरुवातीमा रिलिज गर्ने सोच बनाएको छ।