काठमाडौं | फिल्म ‘लम्फू’बाट नेपाली रजतपटमा डेब्यु गरेका नायक कविर खड्का नयाँ फिल्ममा अनुबन्धित भएका छन्। बुधबार मात्र उनी अनुबन्धित फिल्म ‘तिमी र म’को औपचारिक निर्माण घोषणा गरियो।
शरद पोखरेल र मट्ट विलियमले संयुक्त निर्देशन गर्ने यस फिल्ममा कविरको जोडी भएर नव नायिका सुर्या थापा देखिनेछिन। कमला पोखरेल, भुषण पोखरेल र चन्द्र बहादुर खड्को संयुक्त लगानी रहने फिल्मको बजेट १ करोड ५० लाख अनुमान गरिएको छ। फिल्मको केही अंशमात्र नेपालमा छायांकन गरिने छ भने ९५ प्रतिशत छायांकन अष्ट्रेलियामा हुनेछ।
लभ स्टोरी जनरामा निर्माण हुने यस फिल्मका लागि अन्य कलाकारको भने तय भएको छैन्। जनवरी महिनाको पहिलो साताबाट छायांकनमा जाने तयारीमा रहेको फिल्मको पटकथा राजेन्द्र महर्जनले लेखिरहेका छन्।