काठमाडौं | फिल्म ‘चौका दाउ’ को पहिलो गीत रिलिज भएको छ। सार्वजनिक ‘राधा पियारी’ बोलको गीतमा चर्चित संगीतकार तथा गायक शम्भुजित बाँस्कोटाको संगीत रहेको छ। श्रीपुरुष ढकाल र दयाराम पाण्डेको शब्द रहेको गीतमा संगीतकार बाँस्कोटा र कोमल राजभण्डारीको स्वर सुन्न सकिन्छ।
भिडियोमा फिल्मका लिड कलाकारहरु फिचर्ड छन। जहाँ कलाकारहरु विल्सन विक्रम राई, सन्तोष पन्त, रविन्द्र झा, तैयव शाह अभिनेत्री बर्षा राउतलाई ‘राधा पियारी’ भन्दै पछि लागेका छन्। भिडियोमा भिमफेदी गाइजको करियोग्राफी रहेको छ।
मंसिर ७ गतेबाट प्रदर्शनमा आउने फिल्मलाई पूणेन्दु झाले निर्देशिन गरेका हुन्। फिल्ममा वर्षा, विल्सन विक्रम, रबिन्द्र, सन्तोष, तैयबसँगै अजस्र ढुंगाना, रोशनी सापकोटा, सुनिता श्रेष्ठ ठाकुर, निर्मल शर्मा, सागर सिग्देललगायतको अभिनय रहेको छ।
शम्भुजित बास्कोटाको कथा र संगीत रहेको फिल्मलाई मनोज राजभण्डारी र सौर्यजित बाँस्कोटाले निर्माण गरेका हुन्। फिल्मलाई दीर्घ गुरुङले खिचेका छन्।
गीत :