काठमाडौं | दिपाश्री निरौला निर्देशित फिल्म ‘छक्का पञ्जा ३’को दोस्रो गीत रिलिज भएको छ। सोमबार युट्युबमार्फत फिल्ममा समावेश ‘पछि उमेर ढल्किन्छ’ बोलको गीत रिलिज गरिएको हो। नवलपरासीको सास्वत धाममा खिचिएको भिडियोमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ र दीपिका प्रसाइँ फिचर्ड छन्।
सार्वजनिक उक्त गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ। अर्जुन र दिपकराज गिरीको शब्द समावेश गीतमा निशान भट्टराई र एन्जिला रेग्मीको स्वर सुन्न सकिन्छ। भिडियोमा कविराज गहतराजको नृत्य निर्देशन रहेको छ।
दशैंको फुलपातीमा रिलिज हुने ‘छक्का पञ्जा ३’मा दीपकराज, जितु, केदार, वुद्धि, दीपिकासँगै निर शाह, किरण केसी, शिवहरी पौडेल, जयनन्द लामा, अनुरागमान सिंह कुँवर, शिशिर राणा, शिशिर वाग्देल, लक्ष्मी गिरी, शारदा गिरी, बसन्त भट्ट, संजोग कोइरालालगायतको अभिनय रहेको छ। फिल्ममा प्रियंका कार्कीको पनि केमियो रहने छ।
गीत :