काठमाडौं | झरना थापको निर्देशनमा बन्ने फिल्म ‘ए मेरो हजुर ३’को कलाकार छनोटको काम धमाधम भइरहेको छ। सुपरस्टार नायक अनमोल केसी र झरनाकी छोरी सुहाना थापाको मुख्य भूमिका रहने फिल्मको केही दिन अघि मात्र पोखरामा शुभ मुहर्त गरिएको थियो।
झरना थापाको निर्देशनमा बन्ने यस फिल्ममा अनमोल र सुहाना फिल्ममा मुख्य भूमिकामा देखिए पनि अन्य कलाकारको भने तय भइसकेको थिएन। शुक्ररबार मात्र फिल्ममा नायक सलोन बस्नेत अनुबन्धित भए। भने हालै मात्र कलाकार अर्पण थापा र रविन्द्र झालाई पनि अनुबन्धित भएका छन्।
‘सुहाना फिल्मस्’को व्यानरमा निर्माण हुने यस फिल्ममा सुनिल कुमार थापाको लगानी रहने छ। फिल्ममा एक सेलिब्रेटी र फ्यान विचको प्रेमकथालाई प्रस्तुत गरिनेछ। फिल्मले चैत २९ गतेलाई प्रदर्शन मिति तय गरेको छ।