काठमाडौं | आइतबार संसारको सबैभन्दा महँगो शहर भनिने जापानको टोकियोमा ‘सुर्य इन्टरनेशनल अवार्ड’को पहिलो संस्करण सम्पन्न भएको छ। उक्त अवार्डमा सहभागी हुन धेरै कलाकारहरु जापान पुगेका थिए।
%20(3).jpg)
यस अवार्डमा फिल्म उत्कृष्ट अभिनेताको अवार्ड ‘म यस्तो गीत गाउँछु’बाट पल शाहले जित्न सफल रहे भने अभिनेत्रीतर्फ नायिका पूजा शर्मा उत्कृष्ट ठहरिइन्। दर्शकले दिएको भोटको आधारमा पल र पूजाले उत्कृष्ट अभिनेता-अभिनेत्रीको अवार्ड चुमेका हुन्।
मास पपुलर अवार्डमा भने ‘कृ’बाट अभिनेता अनमोल केसी र ‘ए मेरो हजुर २’बाट अभिनेत्री साम्राज्ञीराज्यलक्ष्मी शाहले हात पारे।
फिल्म म य स्तो गीत गाउँछु उत्कृष्ट फिल्म बन्दा यहीँ फिल्मबाट सुदर्शन थापाले उत्कृष्ट निर्देशकको उपाधी चुम्न सके। ‘छक्का पञ्जा २’ पपुलर फिल्म घोषित हुदाँ पपुलर निर्देशकको अवार्ड भने शत्रु गतेबाट प्रदिप भट्टराईलाई दिइयो।
%20(4).jpg)
त्यस्तै, सह-अभिनेतातर्फ फिल्म ‘ऐश्वर्य’ बाट प्रशान्त ताम्राकार र सह-अभिनेत्रीतर्फ बर्षा राउतले ‘छक्का पञ्जा २’ बाट उत्कृष्ट बने।
त्यस्तै संगीत तर्फका छ विधामा पपतर्फ गायक कमल खत्री र गायिका ईन्दिरा जोशी, लोकतर्फ गायक रामजी खाँड र गायिका सम्झना मगर, आधुनिक गायनतर्फ गायक राजेश पायल राई र गायिका मेलिना राईले अवार्ड चुम्न सफल भएका थिए।
बरिष्ठ हाँस्य अभिनेत्री बसुन्धरा भुषाललाई लाइफटाईम अचिभमेन्ट अवार्ड प्रदान गरिएको उक्त अवार्ड समारोहमा भुवन केसीलाई सुर्य कलाकरिता सम्मान, सामिप्यराज तिमल्सिना ‘सुर्य चलचित्र पत्रकारिता’ र श्रीधर पौडेल ‘फोटो पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत र सम्मानित भएका थिए।