काठमाडौं | फिल्म ‘अनुराग’को नयाँ गीत रिलिज भएको छ। सार्वजनिक ‘तिम्रो स्वरमा’बोलको गीतमा प्रताप दासको स्वर सुन्न सकिन्छ। सत्यराज एसआरसीको शब्द समावेश उक्त गीतमा सरोज पोख्रेलले संगीत भरेका छन्। भिडियोमा फिल्मका मुख्य कलाकार समुन्द्र पण्डितत फिचरिङ छन्। जहाँ उनी एक कन्सर्टमा गीत गाईरहेको देख्न सकिन्छ।
असोज १२ गतेबाट प्रदर्शनमा आउने फिल्मलाई सत्यराज चौलगाईंले निर्देशन गरेका हुन्। सांगीतिक प्रेमकथामा आधारित फिल्म ‘अनुराग’मा समुन्द्र पण्डित र एलिजा गौतमको मुख्य भूमिका रहेको छ। फिल्ममा एलिजा र समुन्द्रसँगै सरोज खनाल, रूपा राना, राजाराम पौडेल, शिशिर रानालगायतको अभिनय रहेको छ।
पत्रकार ऋषि धमला प्रस्तुतकर्ता रहेको यस फिल्ममा एलिजा गौतम, भरत गौतम र गीता भेटवालको संयुक्त लगानी रहेको छ। फिल्ममा किरण दाहालको कथा, सत्यराज चौलागाईं र आगत केसीको पटकथा तथा संवाद छ। रामकुमार केसीले खिचेको फिल्मलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन्।
गीत :