काठमाडौं | ऐतिहासिक कथामा निर्माण भएको फिल्म ‘नालापानी’को टिजर सार्वजनिक भएको छ। बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको टिजर सार्वजनिक गरिएको हो।
सार्वजनिक टिजरमा नेपालीले नेपाल भूमि बचाउनकालागि अङ्ग्रेज विरुद्ध लडेको लडाई देखाइएको छ। टिजरमा भिएफएक्सको प्रयोग अधिक भएको देखिन्छ। नालापनीमा अङ्ग्रेज विरुद्ध नेपालीले गरेको विरतापूर्ण लडाई नै फिल्मको मूख्य कथा हो।
रिमेश अधिकारीको निर्माण तथा निर्देशन रहेको फिल्म ‘नालापनी’ले अङ्ग्रेज विरुद्ध नेपालीले गरेको विरतापूर्ण लडाईलाई मुख्य कथाबस्तु बनाएको छ। फिल्ममा अर्जुनजंग शाही, सन्तोष पन्त, देशभक्त खनाल, पूजना प्रधान, मनोज शाक्य, जनक बर्तौला, सुशिल खड्का, हिक्मत थपलिया र गीता अधिकारीलगायतको मुख्य भूमिका रहेको छ।
रामशरण उप्रेतीले खिचेको फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व, कविराज गहतराजको करियोग्राफी तथा विपिन मल्लले सम्पादन रहेको छ।
टिजर :