काठमाडौं | ‘ड्रिम गर्ल’का निर्देशक ऋषिराज आचार्यले दुई फिल्मको निर्माण गर्ने घोषणा गरेका छन्। मंगलबार ऋषिराज निर्देशित फिल्म ‘ड्रिम गर्ल’को ट्रेलर रिलिज कार्यक्रममा उक्त दुई फिल्मको निर्माण घोषणा गरिएको हो।
आचार्यले निर्देशन गर्ने ती फिल्मको नाम ‘चुरीफुरी’ र ‘द्रौपदी’ राखिएको छ। आरबी मुभिज र रिल एण्ड रियल सिनेमाको संयुक्त व्यानरमा निर्माण हुने फिल्मका लागि कलाकार भने तय हुन बाकीँ रहेको निर्देशक आचार्यले बताए। ‘हामी अहिले फिल्मको कथाको काम गरिरहेका छौं। कथा तयार भएपछि मात्र कलाकार फाइल गर्नेछौं।’
फिल्म निर्माण घोषणाबारे बोल्दै निर्देशक ऋषिराजले भने, ‘मैले जानेको कर्म फिल्म नै हो। यसैमा काम गरिरहनु छ। त्यसैले दुई फिल्मको एकै पटक निर्माण घोषणा गरेको हुँ।’