 काठमाडौं | झरना थापको निर्देशनमा बन्न लागेको फिल्म ‘ए मेरो हजुर ३’को फस्टलुक पोष्टर सार्वजनिक भएको छ। शुक्रबारबाट फिल्मको औपचारिक छायांकन सुरु गर्दै फिल्मको फस्टलुक पोष्टर सार्वजनिक गरिएको हो।
 काठमाडौं | झरना थापको निर्देशनमा बन्न लागेको फिल्म ‘ए मेरो हजुर ३’को फस्टलुक पोष्टर सार्वजनिक भएको छ। शुक्रबारबाट फिल्मको औपचारिक छायांकन सुरु गर्दै फिल्मको फस्टलुक पोष्टर सार्वजनिक गरिएको हो।
सार्वजनिक दुई पोष्टरमा फिल्मका मुख्य दुई कलाकार अनमोल केसी र सुहाना थापा रोमान्टिक अवतारमा प्रस्तुत छन्। यस फिल्ममा अनमोल एक संगीतमा लागेको युवाको भूमिकामा देखिदैछन् भने सुहाना उनको फ्यान बन्दैछिन्।

सुहाना इन्टरटेन्टमेन्टको व्यानरमा निर्माण हुने ‘ए मेरो हजुर ३’लाई सुनिल कुमार थापाले निर्माण गर्दैछन्। संगीतिक लभ स्टोरी फिल्ममा अनमोल र सुहानासँगै सलोन बस्नेत, अर्पण थापा, रबिन्द्र झालगायतको अभिनय रहनेछ।
चैत २९ गतेलाई प्रदर्शन मिति घोषणा गरेको यस फिल्ममा निर्देशक थापा र सुमन पौडेलको कथा, कल्याण सिंह, कोशिश क्षेत्री, प्रतिक पौडेल र आशिश अविरलको संगीत, संजय लामाको छायांकन रहनेछ।
 
                                                                                               


