काठमाडौं | निखिल उप्रेती स्टारर फिल्म ‘भिलेन’को पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा नायक निखिल उप्रेतीलाई एङ्ग्री लुक्समा प्रस्तुत छन्। पुस २७ गतेलाई प्रदर्शन मिति तय गर्दै फिल्ममो पोस्टर सार्वजनिक गरिएको हो।
‘द ग्लोबल पिक्चर्स’को व्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता कपिल खत्री हुन्। बलबहादुर श्रेष्ठ ‘सितल’को लगानी रहेको फिल्ममा दिपक श्रेष्ठ, सुरज खड्का र मधु केसी कार्यकारी निर्माताका रुपमा रहेका छन्। राजकुमार श्रेष्ठ फिल्मका सह-निर्माता हुन्।
देवेन्द्र पाण्डेको निर्देशनमा तयार भएको फिल्ममा शिल्पा पोखरेल, निशा अधिकारी र कपिल खत्रीको पनि मुख्य भूमिका रहेको छ। सौरभ लामा र मदन कस्यप घिमिरेले खिचेको फिल्मलाई मिलन श्रेष्ठ र शाहिल खानले सम्पादन गरेका छन्।
मौनता श्रेष्ठको पटकथा समावेश फिल्ममा वसन्त सापकोटा, बाबु गिरी र लालकुमार बरालको संगीत, शुक्रराज शाहको द्धन्द, दिपेन्द्र तिमल्सिना र दिपक श्रेष्ठको कोरीयोग्राफी रहेको छ।