काठमाडौं | छायांकनको तयारीमा रहेको फिल्म वीर विक्रम २ मा नायक पल शाह भित्रिएका छन्। निर्माण घोषणा गर्दा मुख्य भूमिकामा रहने भनिएका नायक आकाश श्रेष्ठले फिल्मबाट हात झिकेसँगै पल फिल्ममा भित्रिएका हुन्। आकाश आफ्नो पाररिवारिक समस्या देखाउदै फिल्मबाट बाहिरिएका हुन्।
सोमबार आकाशल फेसबुक स्टाटस लेख्दै फिल्मबाट आउट भएको बताउदै गर्दा सोमबार नै निर्माण युनिटले पल शाहसँग लिखित सम्झौता गरिसकेको छ। पल वीर विक्रम २ मा वीरको भूमिकामा देखिदैछन्।
मिलन चाम्सको निर्देशनमा बन्न लागेको यस फिल्मका लागि नायिका वर्षा सिवाकोटी, नजिर हुसेन, बुद्धि तमाङ पनि तय भइसकेका छन्। चाम्स इन्टरटेन्टमेन्ट र लण्डन सिने आईको संयुक्त व्यानरमा निर्माण हुने यस फिल्ममा प्रदीप भारद्वाजको पटकथा, रंजित गजमेर, राजनराज सिवाकोटी र ताराप्रकाश लिम्बूको संगीत, कविराज गहतराजको नृत्य निर्देशन तथा हिमाल केसीको द्वन्द्व रहनेछ।
कात्तिक २६ गतेबाट छायांकन प्रारम्भ गरिने यस फिल्मलाई सुदीप बरालले खिच्नेछन्।