काठमाडौं । चलचित्र ‘गरुड पुराण‘ले चलचित्र प्रदर्शन मिति तय गर्दै फस्ट लुक्सको रुपमा आईतबार पोष्टर रिलिज गरेको छ। पोस्टरमा माघ ४ लाई प्रदर्शन मिति तय गरिएको छ। गरुड पुराणलाई मोफसल बितरक एफडी कम्पनी र काठमाडौं वितरक कम्पनी स्टेशन फाईबले ४ माघलाई प्रदर्शन मिति तय गरेको हो।
सार्वजनिक पोष्टरमा अभिनेता नाजिर हुसेनलाई व्यान्ड मास्टरको रुपमा प्रस्तुत गरिएको छ भने कर्मा शाक्य, प्रविण खतिवडा, कामेश्वर चौरसिया, प्रियंका सिंह ठकुरी पनि पोष्टरमा समेटिएका छन्।
अजित प्रजापति र अशोक गौतमले निर्माण गरेको यो चलचित्रमा लुमिना तुलाधर, बसन्ध भट्ट, प्रकाश घिमिरे, कमल देवकोटा, सरोज श्रेष्ठको पनि मुख्य भूमिका रहेको छ।
पारिवारिक प्रेमकथामा आधारित यस फिल्ममा हास्यप्रधान कुराहरु पनि जोडिएको निर्देशक कोईरालाले बताए। आकाश बराल, बिनोल खतिवडा र सुवास आफैंले लेखेको यो चलचित्रको कथा कशम नेपालको हो।
रेनेशा बान्तवा राईको कोरियोग्राफी रहेको यस चलचित्रमा कोसिस क्षेत्रको संगीत, कोशिस र मनिषा पोखरेलको गायन, सुसन प्रजापतिको छायांकन, उज्ज्वल ढकालको सम्पादन रहेको छ।