काठमाडौं | फिल्म ‘गरुड पुराण’को पहिलो गीत सार्वजनिक भएको छ। बिहिबार सार्वजनिक गरिएको ‘म त पिरिममा’ बोलको गीतमा कोसिस क्षेत्रीको संगीत, दिनेश राउतको शब्द रहेको छ। गीतमा संगीतकार क्षेत्री र मनिसा पोखरेलको स्वर सुन्न सकिन्छ।
भिडियोमा निश्चल बस्नेत, कर्मा र नव नायिका प्रियंका सिंह ठकुरी फिचर्ड छिन। रेनाशा वान्तवा राईको कोरियोग्राफी रहेको भिडियोमा निश्चलको जोडीको रुपमा अन्जली योञ्जन देखिएकी छिन।
पारिवारिक प्रेमकथामा आधारित ‘गरुड पुराण’मा कमेडीलाई पनि जोडिएको निर्देशक सुवास कोईरालाले बताए। ‘फिल्मलाई रमाइलो बनाउने प्रयास गरेका छौ, त्यहि अनुरुप गीत पनि तयार गरेका हौ’ निर्देशक कोइराला भन्छन् ‘गीतलाइ फिल्मकै कथा अनुसार तयार गरेका हौ।’
माघ ४ गतेबाट प्रदशर्नमा आउने यस फिल्ममा नाजिर हुसेन, लुमिना तुलाधर, बसन्ध भट्ट, प्रकाश घिमिरे, कमल देवकोटा, सरोज श्रेष्ठ पनि मुख्य भूमिका रहेको छ। फिल्मलाई अजित प्रजापति र अशोक गौतमले निर्माण गरेका हुन्।
आकाश बराल, विनोद खतिवडा र निर्देशक कोइराला मिलेर लेखेको यस फिल्ममा कशम नेपालको कथा समावेश छ। सुसन प्रजापतिले खिचेको फिल्मलाई उज्ज्वल ढकालले सम्पादन गरेका छन्।
गीत :