काठमाडौं | सुविन भट्टराईको उपन्यास ‘समर लभ’मा आधारित रहेर निर्माण भएको फिल्म ‘समर लभ’को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरमा साया र अतितको प्रेम र विछोडलाई जोडिएको छ।
माघ २५ गतेबाट रिलिज हुने यस फिल्मलाई मुस्कान ढकालले निर्देशकन गरेका हुन्। फिल्ममा सुरज सिंह ठकुरी, नम्रता सापकोटा, आशिष पिया र रेवती क्षेत्रीको मुख्य भूमिका रहेको छ। आशिष र रेवतीले यसै फिल्मबाट डेब्यु गर्दैछन्।
सुविनको कथालाई सामिप्यराज तिमल्सेनाले पटकथामा ढालेका हुन्। फिल्ममा सुविन र सामीप्यको संवाद सुन्न सकिन्छ। ‘नाइटिंगेल इन्टरटेनमेन्ट’को ब्यानरमा निर्माण गरिएको फिल्ममा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता रहेका छन् भने बिनोद अधिकारी कार्यकारी निर्माता हुन्। सञ्जय लामाले खिचेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन्।
टिजर :