शाहरुख खान स्टारर फिल्म ‘जिरो’को नयाँ गीत सार्वजनिक भएको छ। सार्वजनिक ‘इश्कवाजी’ बोलको गीतको भिडियोमा शारुख खानसँगै सलमान खान पनि देखिएका छन्। भिडियोमा दुबैले सँगै कम्मर मर्काएका छन्।
गीतमा इरशाद कामिलको शब्द तथा अजय-अतुलको संगीत रहेको छ। गीतमा सुखविन्दर सिंह र दिव्य कुमारले स्वर दिएका छन्।
सार्वजनिक उक्त गीतको भिडियोमा आनन्द एल राय निर्देशित यस फिल्ममा कट्रिन कैफको पनि मुख्य भूमिका रहेको छ। यस फिल्ममा सलमान केमियो भूमिकामा मात्र छन्।
हिमांशु शर्माले लेखेको यस फिल्ममा गौरी खान निर्माताको रूपमा रहेकी छन् भने करुना बड्वाल फिल्मकी सह-निर्माता हुन्। फिल्म डिसेम्बर २१ मा रिलिज हुनेछ।
गीत :