काठमाडौं | माघ ४ गतेबाट रिलिज हुने फिल्म ‘गरूड पुराण’को ट्रेलर सार्वजनिक भएको छ। सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।
पारिवारिक प्रेमकथामा आधारित ‘गरुड पुराण’मा कमेडीलाई पनि जोडिएको निर्देशक सुवास कोइरालाले बताए। फिल्ममा कर्मा, नाजिर हुसेन, प्रविण खतिवडा, लुमिना तुलाधर, वसन्ध भट्ट, प्रकाश घिमिरे, कमल देवकोटा, सरोज श्रेष्ठ लगायतको मुख्य भूमिका रहेको छ। यसै फिल्मबाट प्रियंका सिंहले डेब्यु गर्दैछिन्।
अजित प्रजापति र अशोक गौतमले निर्माण गरेको यस फिल्मलाई आकाश बराल, विनोद खतिवडा र नर्देशक कोइराला मिलेर लेखेका हुन्। कशम नेपालको कथा समावेश फिल्मलाई सुसन प्रजापतिले खिचेका हुन् भने सम्पादनको जिम्मा उज्जवल ढकालले लिएका छन्।
ट्रेलर :