माघको १८ गतेबाट रिलिज हुने फिल्म ‘सय कडा दश’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा भ्रष्टचार तथा प्रेमलाई देखाइएको छ।
रामशरण पाठकको लेखन तथा निर्देशनमा तयार भएको यस फिल्म्म्मा राजाराम पौडेल, मनोज गजुरेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ, रवि डंगोल लगायतका कलाकारको मुख्य भूमिका छ।
र्शन नेपाल क्रिएसनको ब्यानरमा फिल्म निर्माण भएको फिल्मका कार्यकारी निर्माता राजाराम पौडेल हुन्। रज्जु प्रधानको कथा रहेको फिल्ममा रामेश्वर कार्कीको छायाँकान तथा बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ।
हेर्नुहोस् ट्रेलर :