नवल नेपालको निर्देशनमा बन्न लागेको फिल्म ‘मारुनी’ले छायांकनमा जानु पूर्व नै आफ्नो प्रदर्शन मिति तय गरेको छ । बुधबार एफडी कम्पनी र निर्मात्री पुनम गौतमबीच छलफल भएर फिल्म भदौ १३ मा रिलिज गर्ने सम्झौता भएको छ ।
माघ दोस्रो साताबाट सुरु हुने‘मारुनी’ मा साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का र रेविका गुरुङको मुख्य भूमिका रहने छ ।
त्रिकोणात्मक प्रेमकथा बन्न लागेको चलचित्रमा गोविन्द फुयाँल र निर्देशक नवल नेपाल को कथा छ । संजय लामाको छायांकन रहने फिल्ममा अजय पोखरेल र राजा प्रधानको पनि लगानी रहने छ । फिल्ममा अर्जुन पोखरेल, कृष्ण काफ्ले र दीपक बज्राचार्यको संगीत रहेने छ ।