फिल्म ’हृदय भरी’को औपचारिक निर्माण घोषणा भएको छ। सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको औपचारिक रुपमा घोषणा गरिएको छ। सुरज सुब्बा नाल्बोको लेखन तथा निर्देशनमा तयार हुने फिल्ममा पल शाह , निर शाह , सुनिल थापा , काश बाबु , अनुराग कुवंर , निर्मल शर्मा , सलोन बस्नेत , रेखा लिम्बु , कविता रेग्मी , अभिदिथ खाती , बिके श्रेष्ठ , दिपक गजमेर , प्रेम श्रेष्ठ, हटीनटी अनुपम श्रेष्ठ , आयुषमान घिमिरे ,सुमन श्री लगायतको अभिनय रहनेछ।
यसै फिल्म मार्फत श्रद्धा छेत्री नेपाली फिल्ममा डेब्यु गर्दै्छिन्। भारतको कोलकत्तामा बसोबास गर्दै आएकी श्रद्धा त्यहाँ चिनिने मोडल हुन्। फिल्मलाई एन फिल्मस् एण्ड क्रिएशन , शाह प्रोडक्सन प्रा.लि र दिपीन्द्र फिल्मसको संयुक्त ब्यानरमा निकेश लिम्बु, चन्दन शाह तथा दिपीन्द्र राईले निर्माण गर्दैछन्।
त्रिकोनत्मल प्रेम कथामा निर्माण हुने फिल्ममा सौरभ बिश्वास र रुचि बिश्वास सह निर्माताको रुपमा रहेका छन् भने प्रस्तुतकर्ता चन्दन शाह हुन्। फिल्ममा मानकृष्ण महर्जनको छायांकन , अर्जुन पोखरेल, हरी लम्साल, दिपक शर्माको संगीत , कविराज गहतराज र प्रविन सिङको कोरियोग्राफी , केदार भुषालको लेखन , बिपिन मल्लको सम्पादन रहेको छ। फिल्मको छायाँकन फागुनको तेस्रो साताबाट सुरु हुनेछ।