काठमाडौं : फिल्म ‘रणवीरक’को पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा फिल्मका लिड कलाकारहरु शुशील सिटौला, शुभेच्छा खड्का र सुपुष्पा भट्ट र प्रशान्त ताम्राकार प्रस्तुत छन्।
पोस्टरले दुई अभिनेत्रीसँग शुशीलको प्रेमभाव बोल्छ भने एक पोस्टर शुसिल र प्रशान्तको रिशाहा अवतार देखाइएको छ। फिल्मको कथावस्तु अनुसार नै पोस्टर तयार गरिएको निर्देशन गोविन्द सिंह भण्डारीले बताएका छन्।
फिल्ममा प्रशान्त र सुशील, सुपुष्पा र शुभेच्छासँगै टिका पहाडी, रवी गिरी, नरेश पौडेल, हरिहर शर्मा, भोलाराज सापकोटा, जीवन भट्टराई, जगदिश रिजाल, बसन्ती भट्ट, शैलेश्वरी सिंह लगायतको अभिनय रहेको छ।
माघ १८ गतेबाट रिलिज हुने यस फिल्ममा दिपेन्द्र रेग्मी र गोमा विष्टको संयुक्त लगानी रहेको छ। हर्कुलस बस्नेत, सुशान्त गौतम र अमित श्रेष्ठको संगीत रहेको यस फिल्ममा गम्भीर विष्ट र सुरेन बसेलले कोरियोग्राफी, चन्द्र पन्तको द्वन्द्व, महेश पौडेलको छायांकन रहेको छ।