काठमाडौं : माघ १८ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘रणवीर’को ट्रेलर सार्वजनिक भएको छ। शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा कलाकारको रोमान्स र एक्सन देखाइएको छ।
नायिकाद्वय सुबेक्षा खड्का र सुपुस्पा भट्टसँग रोमान्टिक बनेका सुशिल सिटौला प्रशान्त ताम्राकारसँग भने मज्जाले भिडिरहेका छन्। सुशिल र प्रसान्त बीचको टकरावनै ट्रेलरमा मुख्य रुपमा चित्रण गरिएको छ। ट्रेलरमा टिका पहाडी, नरेश पौडेल, रवी गिरी र हरिहर शर्मा पनि उस्तै दमदार रुपमा देखिएका छन्।
गोविन्द सिंह भण्डारी निर्देशित फिल्ममा भोलाराज सापकोटा, जीवन भट्टराई, जगदिश रिजाल, बसन्ती भट्ट, शैलेश्वरी सिंह लगायतको अभिनय रहेको छ।
फिल्ममा दिपेन्द्र रेग्मी र गोमा विष्टको संयुक्त लगानी रहेको छ। हर्कुलस बस्नेत, सुशान्त गौतम र अमित श्रेष्ठको संगीत रहेको यस फिल्ममा गम्भीर विष्ट र सुरेन बसेलले कोरियोग्राफी, चन्द्र पन्तको द्वन्द्व, महेश पौडेलको छायांकन रहेको छ।
हेर्नुहोस् ट्रेलर :