बलिउड फिल्म निर्देशक राजकुमार हिरानीलाई ‘मि टू’को आरोप लागेको छ। हिरानीलाई आरोप लगाउने उनकी एक महिला सहनिर्देशक हुन्। हिरानीले निर्देशन गरेको अभिनेता संजय दत्तको जीवनमा आधारित सन् २०१८ को सफल फिल्म ‘संजू’मा ती महिला सहनिर्देशक रहेको बताइएको छ।
आरोप लगाउने महिलाका अनुसार हिरानीले सन् २०१८ को मार्चदेखि सेप्टेम्बरसम्म लगातार ६ महिना यौन उत्पीडन गरेका थिए। संजू फिल्मको पोस्ट प्रोडक्सनको समयमा आफूमाथि हिरानीले यौन उत्पीडन गरेको ती महिलाले आइतबार सार्वजनिक गरेकी हुन्।
यता हिरानीको तर्फबाट उनका वकील आनन्द देसाइले ती महिलाका आरोपको खण्डन गरेका छन्। उनले हिरानीमाथि लागेका आरोप कपोलकल्पीत र षडयन्त्र भएको बताएका छन्। हिरानीको छवी खराब गर्नका लागि ती आरोप तयार गरिएको देसाइको प्रष्टिकरण छ।