फागुन ३ गतेबाट सार्वजनिक प्रदशर्नमा आउने फिल्म ‘बुलबुल’को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा स्वस्तिमा खड्का र मुकुन भुषाल मुख्य आकर्षण बनेका छन्।
‘साँघुरो’का लेखक विनोद पौडेलको निर्देशनमा तयार भएको यस फिल्ममा स्वस्तिमा खड्का एक टेम्पो चालिकाको रुपमा फिचर छिन्। फिल्मले टेम्पो चालक महिलाको दैनिकीलाई पर्दामा प्रस्तुत गर्नेछ।
फिल्ममा बुद्धि तामाङ, उज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे, एलिना कार्की आदि कलाकारको अभिनय रहेको छ। सुसन प्रजापतिको छायांकन रहेको फिल्मलाई विनोद पौडेलले नै लेखेका हुन्।
फिल्मलाई पुरुषोत्तम पाण्डे, अबिरल थापा, भिम थापा र राजु पौडल मिलेर बनाएका हुन्। रामराजा दाहाल फिल्मका कार्यकारी निर्माता हुन्।
हेर्नुहोस् ट्रेलर :