नायिका केकी अधिकारी र कोशिश क्षेत्रीको म्ख्य भूमिका रहने फिल्म ‘रातो गलबन्दी’को निर्माण घोषणा भएको छ। शनिबार उर्लाबारीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको औपचिक निर्माण घोषणा गरिएको हो।
प्रेमकथामा आधारित रहेर निर्माण हुन लागेको यस फिल्मलाई मनिष थापाले निर्देशन गर्नेछन्। ९० लाखको लागतमा निर्माण हुन लागेको यस फिल्मलाई नवराज लम्साल, हिमाल कडेरीया र दुर्गा बस्नेतले निर्माण गर्न लागेका हुन्। शनिबारबाट सुरु भएको फिल्मको छायांकन पूर्वका विभिन्न रमणीय स्थानहरुमा हुनेछ।
फिल्ममा केकी र कोशिशसँगै बुद्धि तामाङ, रमेश बुढाथोकी, अर्जुन गुरुङ, यज्ञबहादुर कटुवाल ‘चुप्पी डन’ लगायतले अभिनय रहनेछ। हिमाल कडरियाको कथा रहेको फिल्ममा किरण माइकलको पटकथा रहेको छ। फिल्मलाई सुमन योन्जनले खिच्नेछन्।