आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केको मुख्य भूमिका रहेको फिल्म ‘सानो मन’ को शुभ मुहूर्त गरिएको छ। केही दिन अगाडि राजधानीमा एक कार्यक्रमका बीच घोषणा गरिएको फिल्मको बिहीवार काठमाडौंको कमलादी स्थित गणेशस्थान मन्दिरमा मुहूर्त गरिएको हो।
मुहूर्तसँगै फिल्मको छायांकन पनि सुरु भएको छ। फिल्मलाई काठमाडौं, भैरहवा, हङकङ र मकाउमा छायांकन गरिने छ। म्यूजिकल लभस्टोरी जनरामा निर्माण हुने फिल्मलाई सुयोग गुरुङको निर्देशन गर्दैछन्। फिल्ममा गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतको पनि अभिनय रहनेछ।
ओ.पि.जी. फिल्मस् र ए प्लस इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने यस फिल्मका योगेश गुरुङ, राजिव श्रेष्ठ र राजेन्द्र मानन्धरको लगानी रहने छ।
समिर सुनवार र निर्देशक गुरुङको लेखन रहेको फिल्ममा सुगोग सोताङको संगीत तथा साजन सिंहको कोरियोग्राफी रहनेछ। कोरियोग्राफर सिंह बलिउड सुपरस्टार सलमान खानका ‘पर्सनल ट्रेनर’ हुन्। फिल्मलाई आलोक शुक्लाले फिल्म खिच्नेछन्।