मह सञ्चारको प्रस्तुतिमा तयार फिल्म ‘दाल भात तरकारी’को पहिलो गीत ‘भिजिट भिषामा’ रिलिज भएको छ। शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्मको गीत रिलिज गरिएको हो।
सार्वजनिक उक्त गीतमा हरिवंश आचार्यको शब्द तथा शम्भुजित बास्कोटाको संगीत रहेको छ। गीतमा निशान भट्टराई र अञ्जु पन्तले स्वर सुन्न सकिन्छ।
सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु हरिवंश आचार्य, निरुता सिंह, पुष्प खड्का, बर्षा राउत, आँचल शर्मा, राजाराम पौडेल लगायत फिचर छन्। भिडियोमा कविराज गहतराजको नृत्य निर्देशन रहेको छ।
सुदन केसीको निर्देशनमा तयार भएको यस फिल्ममा रमिला आचार्य, नरेन्द्र कंसकार, शिवहरि पौडेल, यमन श्रेष्ठको लगानी छ। हरिवंश आचार्यको कथा, पटकथा तथा संवाद रहेको फिल्मलाई दिर्घ गुरुङले खिचेका हुन भने सम्पादनको जिम्मा मित्र डी गुरुङको छ।
फिल्म आगामी बैशाख १३ बाट प्रदर्शनमा आउँदैछ।