फिल्म ‘ए मेरो हजुर ३’ को टिजर सार्वजनिक भएको छ। आइतबार सर्वजनिक गरिएको करिव १ मिटेन लामो टिजरमा नायक अनमोल केसी र नव नायिका सुहाना थापाको लुक्स र केमेस्ट्रीलाई देखाइएको छ।
झरना थापा निर्देशित ‘ए मेरो हजुर ३’ म्युजिकल लभ स्टोरी फिल्म हो। फिल्ममा अनमोललाई रकस्टारको भूमिकामा देखाइएको छ भने सुहाना उनको फ्यानको भूमिकामा छिन्।
सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्मलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन्। फिल्मले नेपाली नयाँ वर्ष ०७६ को अवसर पारेर चैत २९ गते रिलिज तय गरेको छ।
फिल्ममा आशिष अविरल, कल्याण सिंह र प्रतिक पौडेलको संगीत तथा कविराज गहतराज, रामजी लामिछाने, राहुल शाह, प्रविण सिहंको करियोग्राफी रहेको छ। फिल्मलाई संजय लामाले खिचेका हुन्।