अभिनेता अनमोल केसीको फ्यान क्रेज हेरेर नलोभिने कमै होलान् । साच्चिकै, उनको क्रेज लोभलाग्द
छ । उनी जहाँ पुग्छन्, त्यहाँ दर्शकबाट घेरिन्छन् । उनलाई देख्दा मान्छे रुन्छन्, कोही कोही त बोहोस भएका पनि छन् ।
यस्तैमा, अनमोल नेपालगञ्जमा आयोजित खजुरा महोत्सवमा सहभागी हुन पुगेका छन् । आइतबार अनमोल पुग्दा २० हजार भन्दा बढी दर्शक महोत्सवमा उपस्थित थिए । अनमोल केसीलाई हेर्नका लागि दर्शकको यो भीड देखिएको थियो । उनको क्रेज यहाँ पनि देखियो ।
अभिनेता केसीलाई महोत्सव स्थलसम्म पुर्याउँदा सुरक्षा व्यवस्था कडा पारिएको थियो । उनलाई नेपाल प्रहरीले स्कटिङ गरेर स्टेज पुर्याथएको थियो । अभिनेता केसीले आफ्नो फागूण १७ गतेबाट रिलिज हुन लागेको फिल्म ‘क्याप्टेन’को प्रचारका लागि त्यहाँ पुगेका थिए ।
उनले महोत्सवमा पुगेर ‘क्याप्टेन”को गीत ‘रहर छ सँगै’ गाए । उनले गीत गउदा उपस्थित दर्शक खुबै नाचिरहेका थिए । पहिलो पटक महोत्सवमा पुगेका अनमोल यति धेरै दर्शकको माया पाएकोमा खुसी भएको बोले ।