चैत्र १५ गतेबाट रिलिज हुने फिल्म ‘साइँली’मा समावेश ‘प्याट प्याटे’ बोलको गीत सार्वजनिक गरिएको छ। बुधबार युट्युबमार्फत् चलचित्रमा समावेश उक्त गीत सार्वजनिक गरिएको हो।
उक्त गीतको भिडियोमा दयाहाङ राई, गौरव पहाडी, मेनुका प्रधान र केनिपा सिंहलाई फिचर छन्। सुशान्त गौतमको संगीत, हर्क साउँदको शब्द रहेको गीतमा सुशान्त गौतमले स्वर दिएका छन्।
रामबाबु गुरुङले निर्देशनमा तयार भएको यस फिल्मलाई हेमन्त राना र गौरव पहाडीले मिलेर बनाएका हुन्। ‘जीएच इन्टरटेन्मेन्ट’को ब्यानरमा निर्माण भएको यस फिल्ममा माओत्से गुरुङ, प्रकाश घिमिरे, अरुणा कार्की लगायतका कलाकारलाई पनि देख्न सकिन्छ।
विशाल गुरुङ र मोहनराना मगरेको लगानी रहेको फिल्मका कार्यकारी निर्माता मणिराम पोखरेल हुन्। शैलेन्द्र डी कार्कीले खिचेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका छन्।