युवा ज्योतिष हरिहर अधिकारी अभिनित फिल्म ‘शुभ लभ’को ट्रेलर सार्वजनिक भएको छ। सोमबार युट्युबमर्फत फिल्मको ट्रेलर सर्वजनिक गरिएको हो।
ज्योतिषी ज्ञान कथामा आधारित फिल्ममा हरिहरको जोडी बनेर क्रिस्टिन पौडेल प्रस्तुत भएकी छिन्। फिल्ममा सरोज खनाल, प्रदीप बाँस्तोला, रवीन्द्र झा, राजाराम पौडेल, डा.सूर्या थापा लगायत कलाकारको अभिनय रहेको छ।
सन्तोषबाबु लोहनी निर्देशित यस फिल्मका प्रस्तुतकर्ता प्रदीपकुमार उदय हुन्। फिल्ममा धर्मराज सुवेदीले लगानी गरेको फिल्मको कथा अभिनेता हरिहरले नै तयार पारेका हुन् भने पटकथा अभिमन्यु निरावीले तयार पारेका हुन्।
फिल्म चैत्र १५ गते देखि रिलिज हुँदैछ।