फिल्म ‘लप्पन छप्पन २’को निर्माणको तयारीमा छ। लप्पन छप्पन २को लागि कलाकारको छनोट भने सकिएको छ। यस फिल्ममा ‘लप्पन छप्पन’का कलाकर दयाहाङ राई, सौगात मल्ल र अर्पण थापा दोहोरिएका छन्।
फिल्ममा अनुप विक्रम शाही, सुरविना कार्की, देवकुमार, श्रृजना सिना लगायतको पनि मुख्य भूमिका रहनेछ। लप्पन छप्पनमा मुख्य भूमिका निर्वाह गर्ने नायिका वर्षा सिवाकोटी भने यस फिल्ममा रहनेछैनन्।
मुकुन्द भट्टको निर्देशनमा बन्ने यस फिल्ममा चिजकुमार श्रेष्ठ र प्रजापति सिवाकोटीको लगानी रहनेछ। प्रकाश कुँवर र निर्मल कुमार मिश्र फिल्मका कार्यकारी निर्माता हुन्।
फिल्मको कथा, पटकथा तथा संवादमा मुकुन्द भट्टको साथमा अमित शर्मा र विवेक पाण्डे छन्। पुरुषोत्तम प्रधानको छायांकन रहने चलचित्रलाई सुरेन्द्र पौडेलले सम्पादन गर्नेछन्। फिल्मले आउँदो बर्षको महाशिवरात्रीमा रिलिज गर्ने तयारी गरेको छ।