अहिले नेपाली फिल्म बजारमा सिक्वेलको वचर्श्व छ। सिक्वोल फिल्महरु सफल पनि भइरहेका छन्। गत वर्ष पनि सिक्वेल फिल्महरुले मात्र नाफाको व्यापार गर्न सके।
अब भने १२ वर्ष पहिला रिलिज भएको फिल्म ‘खलनायक’को पनि सिक्वेल बन्ने भएको छ। खलनायक निर्माता रोज राणा अहिले यसको सिक्वेल निर्माणको तयारीमा जुटेका छन्।
खलनायकमा राजेश हमाल, निखिल उप्रेती, विराज भट्टको मुख्य भूमिका रहेको थियो। एक्सन र लभ स्टोरी कथामा निर्माण भएको उक्त फिल्ममा झरना थापा मूख्य नायिकामा थिइन्। उक्त फिल्मले निकै राम्रो सफलता पाएको थियो।
‘खलनायक २’ पनि एक्सन लभ स्टोरी फिल्म हुने रोजले बताएका छन्। यस फिल्ममा पनि ३ जना नायक र १ नायिका हुनेछन्। तर, निर्माता रोजका अनुसार यस चलचित्रमा पुरानो कलाकारहरु दोहोरिने छैनन्।
खलनायक २लाई गोविन्द सिंह भण्डारीले निर्देशन गर्ने पक्का भएको छ। फिल्मको कथा मौनता श्रेष्ठले लेखिरहेका छन्।