‘होस्टेल’ र ‘होस्टेल रिर्टन्स’को पछि यही सिरिजको तेश्रो फिल्म ‘होस्टेल ब्याक अगेन’ निर्माण हुने भएको छ। ‘दुर्गेस फिल्मस्’ र ‘काफिया फिल्मस्’को सहकार्यमा यस फिल्मको निर्माण गर्न लागेको हो।
फिल्मलाई होस्टेल र होस्टेल रिटर्न्स निर्माता सुनिल रावलले निर्देशन गर्नेछन्। सुनिल र गोविन्द शाहीको लगानी रहने फिल्मको पूर्ण छायाँकन अमेरिकामै गरिने छ।
निर्देशक सुनिलका अनुसार हरेक देशबाट अमेरिका अध्ययनका लागि गएका र होस्टेलमा बसेका युवायुवतीहरुको विषयलाई होस्टल ब्याक अगेनमा समावेश गरिने छ। फिल्मको कथा निर्देशक रावलले नै तयार गरेका हुन्। यसको पटकथा तथा संवाद भने रायन राइजको रहनेछ।
हाल फिल्मको स्क्रिप्टको काम भइरहेको सुनिलले जानकारी गराएका छन्। फिल्मको आगामी अगस्टबाट छायाँकन सुरु हुने बताइएको छ।
फिल्मको कलाकार चयन चाँडै सुरु गर्ने बताइएको छ। निर्माता गोविन्द शाहीका अनुसार केही कलाकार नेपालबाट अमेरिका छायाँकनका लागि जानेछन्। तर बाँकी कलाकार अडिसनबाट अमेरिकामै चयन गरिने छ। होस्टलका विध्यार्थीका रुपमा अमेरिकामा नै अध्ययनका शिलशिलामा रहेका नेपाली बिद्यार्थीहरु हुनेछन्।