बलिउड नायक सलमान खान स्टारर ‘भारत’ यस वर्षको प्रतिक्षित फिल्म हो। यस फिल्ममा सलमानले नायिका कट्रिना कैफसँग जोडी बाँधेका छन्।
तर, यस फिल्ममा सलमान र कट्रिनाको जोडी नहुने वाला थियो। किनभने यस फिल्मका लागि नायिका प्रियंका चोपडा अनुबन्धित थिइन्। तर, पछि उनले समय नदिँदा फिल्ममा कट्रिना कैफ जोडिएकी थिइन्। नायक सलमानले नै यस कुराको खुलासा गरेका हुन्।
एक बलिउड मिडियामा अन्तर्वार्ता दिने क्रममा कट्रिनालाई यस फिल्मका लागि गरेको मेहनतमा प्रश्न गरियो। त्यस प्रश्नमा सलमानले पनि जबाफ फर्काए। उनले भने, ‘हामीले प्रियंका चोपडालाई फिल्ममा लिएका थियौँ। तर, सुटिङको एक महिना अगाडि आएर उहाँले फिल्म नगर्ने भन्नुभयो। त्यसपछि कट्रिनालाई लिएका हौँ। कट्रिनाले धेरै समय दिएर मेहनत गर्न पाएको छैन्।’
अलि अब्बस जफर निर्देशित यस फिल्म इदको अवसर पारेर रिलिज हुदैँछ ।