पछिल्लो समय निकै चर्चामा रहेकी गायिका हुन् मेलिना राई। मेलिना राईको स्वरमा रहेका धेरै गीतहरु हिट छन्। फिल्मको देखि लोकगीतसम्म मेलिनाले आवाज दिएकी छिन्।
उनको स्वरको प्रशंसक धेरै छन्। उनको स्वरको मात्र हैन्, सुन्दरताको चर्चा गर्नेहरुको पनि कमी छैन् यहाँ। उनलाई विभिन्न फिल्मबाट नायिका बन्ने अफरहरु पनि आइरहेका हुन्छन्। तर, त्यसलाई मेलिनाले अस्विकार गर्दै आएकी छिन्।
तर, हालै एक अन्तरवार्तामा भने मेलिनाले फिल्मको विषयमा बोलेकी छिन्। उनले आफू फिल्मको नियमित दर्शक भएपनि फिल्म गर्ने सोच नबनाएको बताएकी छिन्। तर, फिल्म खेल्ने सोच आए नायक पुष्प खड्काको जोडी भएर काम गर्ने इच्छा उनको रहेको छ।
मेलिनाले भनेकी छिन्, ‘पुष्प खड्का मलाई एकदमै मन पर्ने कलाकार हो। उहाँको लुक्स एकदमै राम्र लाग्छ। यदी फिल्म खेलेँ भने पुष्प खड्कासँग खेल्छु। उहाँसँग फिल्म गर्ने ठूलो रहर छ।’ पुष्पसँग आफ्नो केमेष्ट्रि मिल्ने कुरामा पनि मेलिना ढुक्क छिन्। उनले भनेकी छिन्, ‘सायद पर्दामा उहाँसँग मेरो जोडी सुहाउँछ होला।’
पुष्पले मेलिना राईको स्वरमा रहेको केही गीतमा मोडलिङ पनि गरेका छन्। तर, मेलिनाले पुष्पसँग निकटको सम्बन्ध नभएको बताएकी छिन्। उनले भनेकी छिन्, ‘उहाँसँग हाई-हल्लो मात्र भएको छ। राम्रोसँग कुरा गर्नै पाएको छैन्।’
यदी राम्रो स्कृप्ट र अपोटिजमा पुष्प भइदिए मेलिना फिल्म खेल्न तयार छिन्।